बेल्जियम ग्रिससँग बराबरीमा रोकियो एजेन्सी। विश्व नम्बर एक बेल्जियम गएराति मैत्रीपूर्ण खेलमा ग्रीससँग बराबरीमा रोकिएको छ। युरो–२०२० को तयारीमा रहेको बेल्जियमले थोर्गान हाजार्डको गोलबाट २०औं मिनेटमा अग्रता लिएको थियो। ग्रिसका जर्जस तेबालसले ६६औं मिनेटमा बराबरी गोल फर्काए। बेल्जियमले अब सोमबार क्रोएसियाविरुद्ध मैत्रीपूर्ण खेल खेल्नेछ। त्यसपछि १२ जुनमा रुसविरुद्धको खेलबाट युरो–२०२० को सुरुआत गर्नेछ। समूह ‘बी’ मा बेल्जियमले डेनमार्क, फिनल्यान्ड र रुसविरुद्ध खेल्नेछ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्