अर्जेन्टिना चिलीसँग बराबरीमा रोकियो काठमाडौं। विश्वकपको दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिना चिलीसँग १–१ गोलको बराबरीमा रोकिएको छ।आज बिहान भएको खेलको २६ औं मिनेटमा पेनाल्टीमा गोल गर्दै लियोनल मेस्सीले अर्जेन्टिनालाई अग्रता दिलाएका थिए। तर ३६ औं मिनेटमा चिलीका एलेक्सिस सान्चेजले बराबरी गोल फर्काए।बराबरीपछि अर्जेन्टिना ५ खेलबाट ११ अंकसहित तालिकाको दोस्रो स्थानमा छ भने चिली छैठौं स्थानमा छ।शीर्ष स्थानको ब्राजिलको ४ खेलबाट १२ अंक छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्