चौथो स्थानमा रहेर एसियन कप छनोट खेल्न चाहन्छौं – प्रशिक्षक आल्मुताइरी काठमाडौं। नेपालका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले फिफा विश्वकप छनोटमा समूह ‘बी’ को चौथो स्थानमा रहेर एसियन कप छनोट प्रतियोगिता खेल्न चाहेको बताएका छन्। बिहीबार चाइनिज ताईपेईविरुद्धको खेलअघि अल्मुताईरीले भने, ‘‘एसियन कप छनोटका लागि हामी चौथो स्थानभन्दा माथि रहन चाहन्छौं। त्यसका लागि भोलीको खेल जित्नुको विकल्प छैन। हामीले धेरै मैत्रीपूर्ण खेल खेलेका छैनौं। युवा टिम भए पनि प्रतिभावान् खेलाडीहरु छन्।’’
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्