जावलाखेलको अपराजित यात्रा कायमै <p>काठमाडौं। न्युरोड टिम (एनआरटी)सँग आज गोलरहित बराबरी खेलेको जावलाखेल युथ क्लबले शहीद&nbsp;स्मारक &lsquo;ए&rsquo; डिभिजन लिगमा अपराजित यात्रालाई कायमै राखेको छ।&nbsp;</p> <p>लिगमा पाँचौं चरणको खेल सकिँदा जावलाखेल युथ ९ अंकका साथ चौथो स्थानमा कायमै छ। जावलाखेल युथले पाँचमध्ये दुई खेल जितेको छ भने दुई खेल बराबरी खेलेको छ।&nbsp;</p> <p>दशरथ रंगशालामा एनआरटी र जावलाखेल दुबैले गोलका राम्रा अवसर सिर्जना गर्न सकेनन्। दोस्रो हाफको २८औं मिनेटमा एनआरटीका कप्तान प्रकाश बुढाथोकीले हानेको फ्रिकिक जावलाखेलका गोलकिपर टेकेन्द्र थापाले बचाइदिएपछि खेल बराबरीमो रोकिएको हो।</p> <p>एनआरटी भने पाँच अंकका साथ आठौं स्थानमा यथावत छ। एनआरटीले पाँचमध्ये दुई खेल जितेको छ भने दुई खेलमा पराजित भएको छ। एनआरटीको यो पहिलो बराबरी हो।</p>
प्रतिक्रिया दिनुहोस्