अस्ट्रेलियाद्वारा टेष्‍ट शृंखला क्लिनस्वीप
काठमाडौं। डेबिड वार्नरको शतक तथा स्पिनर नाथन लियोन पाँच विकेटप्रेरित अस्ट्रेलियाले आज न्युजिल्यान्डविरुद्धको तेस्रो टेष्टमा २७९ रनको नतिजा निकाल्दै शृंखला क्लिनस्वीप गरेको छ।

अस्ट्रेलियाले पर्थमा सम्पन्न पहिलो टेष्ट २९६ रनले जितेको थियो भने मेलबर्नमा सम्पन्न दोस्रो टेष्ट २४७ रनले जितेको थियो।

अस्ट्रेलियाले ४०-४ को स्थितिबाट तेस्रो दिन थालेको थियो। तेस्रो दिन थाल्दा ओपनर वार्नर २३ तथा जोए बर्नस १६ रनको स्थितिमा थिए।

बर्नस ४० रन बनाएर आउट हुँदा चौथो दिन वार्नर १११ रनमा अविजित रहे।

घरेलु टोली अस्ट्रेलियाले २१७-२ को स्थितिमा दोस्रो इनिङ समाप्तीको घोषणा गर्दा वार्नर १११ रनमा अविजित रहे भने मार्नुस लाबुसेनले ५९ रन बनाए।

लियोनले पाँच तथा मिचेल स्टार्कले तीन विकेट लिएपछि ४१६ रनको लक्ष्य पछ्याएको न्युजिल्यान्डले १३६ रन जोड्दा सबै विकेट गुमायो।

न्युजिल्यान्डका लागि कोलिन डी ग्राण्डहोमले सबभन्दा धेरै ५२ रन बनाए।

रोस टेलरले २२, विजे वाटलिङले १९, टोड एस्टलले १७, जीत रावलले १२ रन बनाउनुबाहेक अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन्।

अस्ट्रेलियाका लियोनले ५० रन दिएर पाँच विकेट लिँदा स्टार्कले २५ रन दिएर तीन विकेट लिए।

पेट कुमिन्सले एक विकेट लिए। लियोनले पहिलो इनिङमा पनि पाँच विकेट लिएका थिए।

प्रतिक्रिया दिनुहोस्