कार्लो एन्सेलोट्टी रियलको नयाँ प्रशिक्षक काठमाडौं। कार्लो एन्सेलोट्टी स्पेनिस क्लब रियल मड्रिडको नयाँ प्रशिक्षक नियुक्त भएका छन्। उनी एभर्टनसँगकाे सम्झाैता नसकिँदै रियल जान लागेका हुन्। जिनेदिन जिदानले राजीनामा दिएपछि रियलको प्रशिक्षक पद खाली भएको थियो। एन्सेलोट्टी सन् २०२४ सम्म रियलमा रहनेछन् । यसअघि उनी २०१३ देखि २०१५ सम्म रियलको प्रशिक्षक थिए। एन्सेलोट्टीले रियल मड्रिड र एसी मिलानबाट गरी ३ पटक च्याम्पियन्स लिगको उपाधि जितेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्