शाकिब र मुस्ताफिजुरले आईपीएलका बाँकी खेल गुमाउने एजेन्सी। बंगलादेशका अलराउन्डर शाकिब अल-हसनले आईपीएलका बाँकी खेलहरू गुमाउने भएका छन्। कोलकाता नाइट राइडर्समा आबद्ध सकिबलाई बंगलादेश क्रिकेट बोर्डले नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) नदिने भएपछि आईपीएलको बाँकी खेल गुमाउने भएका हुन्। सकिबसँगै बंगलादेशका अर्का खेलाडी मुस्ताफिजुर रहमानले एनओसी नपाउने बंगलादेश क्रिकेट बोर्डले बताएको छ। आइपीएलको बाँकी खेलहरू सेप्टेम्बरदेखि युएईमा आयोजना हुँदै छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्