विश्वकप तथा एसियाकप छनोटअन्तर्गत नेपालको सबै खेल कान्तिपुरले प्रत्यक्ष प्रशारण गर्ने एजेन्सी। कुवेतमा हुने फिफा विश्वकप तथा एएफसी एसियाकप छनोटअन्तर्गत नेपालका सबै खेलको प्रत्यक्ष प्रसारण कान्तिपुर टेलिभिजनले गर्ने भएको छ। प्रत्यक्ष प्रशारणका लागि अखिल नेपाल फुटबल संघ एन्फा र कान्तिपुर टेलिभिजनबीच मंगलबार सम्झौता भएको छ। नेपालले विश्वकप तथा एसियाकप छनोटअन्तर्गत जेठ २० गते चाइनिज ताइपेई, २४ गते जोर्डन र २८ गते अस्ट्रेलियासँग खेल्नेछ। सबै खेल नेपाली समयअनुसार राति ९ः४५ बजेदेखि हुनेछ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्