अफगानिस्तान क्रिकेट टोलीका कप्तान अस्गर अफगान बर्खास्त एजेन्सी। अफगानिस्तान क्रिकेट बोर्डले अस्गर अफगानलाई टिमको कप्तानबाट बर्खास्त गरेको छ। जिम्बावेविरुद्धको सिरिजमा खराब प्रदर्शन र खराब रणनीतिका कारण हार व्यहोर्नुपरेको भन्दै बोर्डले कप्तान अफगानलाई दोस्रोपटक बर्खास्त गरेको हो। यसअघि उनी २०१९को विश्वकपअघि बर्खास्तमा परेका थिए। अफगानलाई बर्खास्त गरेसँगै बोर्डले हस्मतउल्लाह शाहिदीलाई एकदिवसीय र टेस्ट टिमको कप्तानी दिएको छ। बोर्डले ट्वान्टी-२० का लागि कप्तान भने चयन गरेको छैन।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्