कोपा अमेरिका कप फुटबल अर्जेन्टिनामा नहुने एजेन्सी। जुन १३देखि जुलाई १०सम्म हुने तय भएको कोपा अमेरिका दक्षिण अमेरिकी फुटबलको सर्वोच्च निकाय (कन्मेबोल)ले सोमबार अर्जेन्टिनामा नगर्ने निर्णय गरेको छ। कम्मेबोलले कोरोना संक्रमणका कारण अर्जेन्टिनामा प्रतियोगिता आयोजना नगर्ने निर्णय गरेको हो। कोरोनाको दोस्रो लहरसँगै अर्जेन्टिनामा फुटबल गतिविधि एक महिनादेखि स्थगित गरिएको छ। कम्मेबोलले प्रतियोगिताका लागि अन्य राष्ट्रहरुसँग छलफल गरिरहेकाले प्रतियोगिता आयोजना गर्ने राष्ट्र भने तय भइसकेको छैन।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्