युभेन्टसलाई पोग्बा दिएर रोनाल्डो ल्याने युनाइटेडको तयारी काठमाडौं। इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड क्रिष्टियानो रोनाल्डोलाई क्लबमा फर्काउने तयारीमा लागेको छ। बेलायती सञ्चारमाध्यमकाअनुसार मिडफिल्डर पाउल पोग्बा दिएर रोनाल्डो ल्याउने युनाइटेडको तयारी छ। पाँचपटकका बालोन डी’ओर विजेता रोनाल्डोले तीन फरक क्लबका लागि १०० भन्दा बढी गोल गरेका छन्। तर जारी सिजनमा उनले युभेन्टसमा राम्रो प्रभाव देखाउन सकेनन्। रोनाल्डो युनाइटेडबाट २००९ मा रियाल मड्रिड गएका थिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्