चेल्सी विश्वकै उत्कृष्ठ क्लब : माउन्ट एजेन्सी।मिडफिल्डर मासन माउन्टले चेल्सी विश्वकै उत्कृष्ट भएको प्रतिक्रिया दिएका छन्।प्रिमियर लिग च्याम्पियन म्यानचेस्टर सिटीलाई हराउँदै च्याम्पियन्स लिगको उपाधि जितेपछि उनले यस्तो प्रतिक्रिया दिएका हुन्।चेल्सीका लागि काई हाभर्ट्जको निर्णायक गोलका लागि उनले नै पास उपलब्ध गराएका हुन्। उनले चेल्सीबाट उपाधि जित्ने आफ्नो चाहाना पूरा भएको समेत बताए। उनले भने, ‘यो अति नै विशेष अवसर हो, यसलाई म शब्दमा वर्णन गर्न सक्दिनँ।’
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्