हारको जिम्मेवार ममात्र हुँ : प्रशिक्षक अल्माताइरी काठमाडौं। नेपालका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्माताइरीले इराकसँग पराजित हुनुमा सम्पूर्ण रूपमा आफू जिम्मेवार भएको बताएका छन्। उनले भने,"हामीले राम्रो नतिजा निकाल्न सकेनौँ ११/१२ दिनको अभ्यासपछिको खेल हो। हामीलाई समय र धैर्य चाहिन्छ। कुनै खेलाडीलाई केही नभनौँ। यो हारको लागि उत्तरदायी व्यक्ति म मात्र हुँ।" नेपाल इराकसँग ६-२ ले पराजित भएको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्