बार्सिलोना बराबरीमा रोकियो
काठमाडौं। खेल सकिन दुई मिनेट बाँकी रहँदा लि वुले गोल गरेपछि साविक विजेता बार्सिलोना गएराति स्पेनिस ला लिगामा स्पानियोलसँग २-२ को बराबरीमा रोकिएको छ।

घरेलु टोली स्पानियोलले डेबिड लोपेजको गोलबाट २३औं मिनेटमा अग्रता लिएको थियो।

५०औं मिनेटमा लुइस स्वारेजले बराबरी गोल फर्काए। त्यसको नौं मिनेट वित्न नपाउँदै अर्टुरो भिडालले गरेको गोलमा बार्सिलोनाले अग्रता लियो।

७५औं मिनेटमा बार्सिलोनाका फ्रांक डी जोङले दोस्रो पहेँलो कार्डको सामना गरेर मैदान छाडेपछि बार्सिलोना दश खेलाडीमा सिमित भएको थियो।

बार्सिलोना दश खेलाडीमा सिमित भएको फाइदा उठाउँदै खेल सकिन दुई मिनेट बाँकी छदा लि वुले गोल गर्दै टोलीलाई एक अंक दिलाए।

बराबरीका बाबजुद बार्सिलोना शीर्ष स्थानमा उक्लिएको छ।

१९ खेलमा बार्सिलोना र रियाल मड्रिडको समान ४० अंक भए पनि गोलअन्तरमा बार्सिलोना शीर्ष स्थानमा उक्लिएको हो।

११ अंक जोडेको स्पानियोल भने पुछारमा यथावत छ।

गएराति नै एट्लेटिको मड्रिडले लेभान्टेलाई २-१ ले हराउँदै तेस्रो स्थानमा उक्लिएको छ।

एट्लेटिकोका लागि एन्जेल कोरे र फिलिपेले एक एक गोल गरे भने लेभान्टेका रोजरले गोल गरेका थिए।

जितसँगै १९ खेलबाट ३५ अंक जोडेको एट्लेटिको तेस्रो स्थानमा उक्लिएको हो।

चौथो स्थानमा रहेको सेभियाको पनि ३५ अंक छ। तथापी एट्लेटिको गोलअन्तरमा अघि रहेको हो। लेभान्टे भने नवौ स्थानमा छ।

सेभियाले अघिल्लो दिन एथलेटिक बिल्बाओसँग १-१ को बराबरी खेलेको थियो।

प्रतिक्रिया दिनुहोस्