एफए कपमा म्यानचेस्टर उल्भरह्याम्पटनको गोलरहित बराबरी
काठमाडौं। म्यानचेस्टर युनाइटेडले गएराति एफए कपमा उल्भरह्याम्पटनसँग गोलरहित बराबरी खेलेको छ।

तथापी युनाइटेडका प्रशिक्षक ओले गनर सोल्सायरले टोलीको प्रदर्शनबाट आफू सन्तुष्ट रहेको बताए।

युनाइटेडले विपक्षी पोष्टमा गोलका लागि एउटा पनि राम्रो अवसर सिर्जना गर्न सकेन।

युनाइटेड घरेलु प्रतियोगितामा जनवरी २०१५ पछि गोलका लागि राम्रो अवसर सिर्जना गर्न असफल भएको यो पहिलो हो।

बैकल्पिक खेलाडी मार्कुस रासफोर्डले अन्तिम समयमा हानेको प्रहार क्रसबारमा लागेर फर्कियो।

उल्भरह्याम्पटनका म्याट डोहार्टीले गरेको गोललाई रेफ्रीले ह्यान्ड बल भएको घोषणा गरिदिए।

उल्भरह्याम्पटनकै राहुल जिमिनेजले हानेको सशक्त प्रहार बारमा लागेर फर्किएको थियो।

युनाइटेडले अब अघिल्लो चरणमा स्थान बनाउनका लागि ओल्ड ट्राफोर्डमा पुनः खेल्नेछ।

"हामी प्रतियोगिताबाट बाहिरिसकेका छैनौं। घरेलु मैदानमा राम्रो प्रदर्शन गर्दै प्रतियोगिताको अघिल्लो चरण पुग्नेछौं," युनाइटेडका प्रशिक्षक सोल्सायरले भने, "यहाँ खेल्न सधै कठिन हुन्छ। हामीले पहिलो हाफ राम्रो खेल्यौं भन्ने लाग्छ। तर, दोस्रो हाफमा उनीहरुले राम्रो खेले। हामीले गोलका अवसर सिर्जना गर्न सकेनौं। तर खेल नियन्त्रणमा राखेका थियौं। बराबरी नराम्रो नतिजा होइन।"

युनाइटेडले अब काराबाओ कपमा २२ पुस राति म्यानचेस्टर सिटीविरुद्ध खेल्नेछ।

उल्भरह्याम्पटनले भने २६ पुसमा प्रिमियर लिगमा न्युक्यासल युनाइटेडविवरुद्ध खेल्नेछ।

प्रतिक्रिया दिनुहोस्