च्याम्पियन्स लिग फाइनलमा दुई इङ्लिस क्लब सिटी र चेल्सीको भिडन्त एजेन्सी। च्याम्पियन्स लिगको फाइनलमा आज दुई इङ्लिस क्लब म्यानचेस्टर सिटी र चेल्सीले प्रतिस्पर्धा गर्दैछन्। च्याम्पियन्स लिग फाइनलमा इङ्लिस क्लबले मात्र खेल्न लागेको यो तेस्रोपटक हो। यसअघि २००८ मा चेल्सी र म्यानचेस्टर युनाइटेड तथा २०१९ मा लिभरपुल र टोटेनह्यामले फाइनल खेलेका थिए। सिटी पहिलोपटक फाइनलमा पुगेको हो। चेल्सीले यसअघि २०१२ मा विजेता र २००८ मा उपविजेता बनेको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्