मैत्रीपूर्ण खेलका लागि नेपाली फुटबल टिम इराकमा काठमाडौं। मैत्रीपूर्ण फुटबल खेलका लागि नेपाली राष्ट्रिय टिम आज इराक पुगेको छ। टोलीमा२३ खेलाडी र अफिसियलसहित ३५ जना छन्। नेपालले जेठ१५ गते इराकसँग मैत्रीपूर्ण खेल खेल्नेछ। त्यसपछि विश्वकप छनोटका तीन खेल खेल्न कुवेत जानेछ। जहाँ नेपालले जेठ२० गते चाइनिज ताइपेई, जेठ २४ गते जोर्डन र जेठ२८ गते अष्ट्रेलियासँग खेल्नेछ। अबदुल्लाह अल्मुताइरीको मुख्य प्रशिक्षणमा नेपालले खेल्न लागेको यो पहिलो खेल हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्