सन्दीपलाई ट्वान्टी–२० ब्लास्ट खेल्न जान भिसा समस्या काठमाडौं। नेपालका स्पिनर सन्दीप लामिछानेले ट्वान्टी–२० ब्लास्ट र दी हन्ड्रेड क्रिकेट खेल्न जान भिसा समस्या भएको बताएका छन्। सन्दीपले प्रतियोगिताको मिति नजिकिए पनि बेलायत जान भिसाका लागि भिएफएस ग्लोबल नेपालमा पटक पटक फोन गर्दा स्पष्ट जवाफ नआएको बताए। ट्वान्टी–२० ब्लास्ट ९ जुनबाट हुनेछ। सन्दीपले नेपालस्थित बेलायती दूतावास, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली तथा प्रधानमन्त्री कार्यालयलाई सहजीकरणका लागि आग्रह गरेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्