काठमाडौं। मार्नुस लाबुसेनले शतक बनाएपछि अस्ट्रेलियाले न्युजिल्यान्डविरूद्धको तेस्रो टेस्टमा राम्रो सुरूआत गरेको छ।
सिड्नी क्रिकेट मैदानमा अस्ट्रेलियाका कप्तान टिम पाइनले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेका थिए। अस्ट्रेलियाले शुरूमै ओपनर जोए बर्नसलाई गुमाएको थियो। बर्नस १८ रन बनाएर आउट हुँदा अस्ट्रेलिया ३९ रनको स्थितिमा थियो।
त्यसपछि अर्का ओपनर डेबिड वार्नर र लाबुसेनले दोस्रो विकेटका लागि ५६ रनको साझेदारी गरे। वार्नरले ४५ रन बनाए। वार्नर आउट हुँदा अस्ट्रेलिया ९५–२ को स्थितिमा थियो।
त्यसपछि लाबुसेनले स्टिभ स्मिथसँग तेस्रो विकेटका लागि १५६ रनको साभेदारी गर्दै अस्ट्रेलियालाई बलियो स्थितिमा पुर्याए। स्मिथ ६३ रन बनाउँदा कोलिन डी ग्राण्डहोमको बलमा रोस टेलरमार्फत क्याच भए। स्मिथले चार चौका प्रहार गरे।
त्यसपछि लाबुसेनले म्याथ्यु वेडसँग ३२ रनको अविजित साझेदारी गरे। पहिलो दिन सकिँदा लाबुसेन १३० रन तथा वेड २२ रन बनाएर क्रिजमा छन्। लाबुसेनले १२ चौका र एक छक्का हाने। वेडले दुई चौका र एक छक्का प्रहार गरे।
पछिल्लो पाँच टेस्टमा लाबुसेनको यो चौथो शतक हो। न्युजिल्यान्डका ग्राण्डहोमले दुई तथा नेल वाग्नरले एक विकेट लिए।
तीन खेलको टेस्ट शृंखला अस्ट्रेलियाले २–० ले जितिसकेको छ। पर्थमा सम्पन्न पहिलो टेस्ट अस्ट्रेलियाले २९६ रनले र दोस्रो टेस्ट २४७ रनले जितेको थियो।