शहीद स्मारक लिग: चौथो चरणको खेल सकिँदा मनाङ शीर्ष स्थानमा

काठमाडौं। शहीद स्मारक ए डिभिजन लिगको चौथो चरणका खेल सकिँदासम्म मनाङ मस्र्याङ्दी क्लब शीर्ष स्थानमा छ।

चार खेलमा तीनमा जित तथा एक खेल बराबरी खेल्दै मनाङ १० अंकका साथ शीर्ष स्थानमा रहन सफल भएको हो।

तेस्रो चरण सकिँदासम्म शत प्रतिशत नतिजा निकालेको मनाङ चौथो चरणमा फ्रेन्डस् क्बलसित १-१ को बराबरी खेल्न पुगेको थियो ।

तीन खेलमा जित तथा एकमा बराबरी खलेको मछिन्द्र क्लब दोस्रो स्थानमा छ।

मछिन्द्रले चौथो चरण सकिँदा नौ अंक जोडेको छ। यस्तै तीन खेलमा जित तथा एकमा हार बेहोरेको त्रिभुवन आर्मी क्लब नौ अंकसहित लिगको तेस्रो स्थानमा छ ।

दुई खेलमा जित तथा दुईमा बराबरी खेल्दै आठ अंकका साथ जावलाखेल चौथो स्थानमा छ।

नेपाल पुलिस क्लब दुई खेलमा जित, एउटामा हार तथा एउटामा बराबरी खेल्दै सात अंक जोडेर पाँचौँ स्थानमा छ ।

यसैगरी दुई खेलमा जित, एकमा हार र एउटामा बराबरी खेलेको थ्री स्टार सात अंकसहित लिगको छैटौँ स्थानमा छ।

ब्रिगेड ब्वाइज क्लब दुईवटामा जित र दुई खेलमा हार बेहोर्दै छ अंकसहित सातौँ स्थानमा, न्यूरोड टीम दुई खेलमा जित र दुई पराजित हुँदै चार अंकका साथ आठौँ, च्यासल युथ क्लब एक खेलमा जित, दुईमा हार र एउटामा बराबरी खेल्दै चार अंकसहित नवौँ स्थानमा छ।

सशस्त्र प्रहरी बलको एपीएफ क्लब चार खेलमा एउटामा जित, दुईमा हार र एकमा बराबरी खेल्दै चार अंकसहित दशौँ स्थानमा र सङ्कटा क्लब एउटा खेलमा जित, दुईमा हार तथा एउटामा बराबरी खेल्दै चार अंकसहित एघारौँ स्थानमा छ।

समान अंक भए पनि उनीहरू गोल अन्तरका आधारमा दशौँ र ११औँ भएका हुन् ।

हिमालयन शेर्पा क्लब दुई खेलमा हार तथा दुईमा बराबरी खेलेर दुई अङ्क जोडेर १२औँ स्थानमा रहेको छ।

चार खेलमा तीनमा हार तथा एकमा बराबरी खेल्दै एक अंक बटुलेको फ्रेन्डस् क्लब १३ औँ स्थानमा छ।

तेस्रो चरणको खेल सकिँदा फ्रेन्डस् क्लब अंकबिहीन थियो।

तेस्रो चरणमा अंकबिहीन अवस्थामा रहेको सरस्वती युथ क्लबको अवस्था चौथो चरणको खेल सकिँदा पनि उस्तै छ।

ऊ चार खेलमै हार बेहोर्दै अंकबिहीन नै छ ।

पाँचौँ चरणका खेल भोलिदेखि

लिगअन्तर्गत पाँचौँ चरणका खेल १९ पुसदेखि हुनेछन्।

पाँचौँ चरणका खेल दशरथ रंगशाला र सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) कम्प्लेक्सको खेल मैदानमा खेलाइनेछ।

१९ पुसमा सातदोबाटोमा न्यूरोड टिम र जावलाखेल युथ क्लबबीच तथा अर्को खेल दशरथ रंगशालामा मनाङ मस्र्याङ्दी क्लब र मछिन्द्र क्लबबीच हुनेछ। रासस

प्रतिक्रिया दिनुहोस्