लिभरपुलले अग्रता बढायो
काठमाडौं। सडियो माने र मोहम्मद सालाहको गोलमा लिभरपुलले गएराति सेफिल्ड युनाइटेडलाई २-० ले पराजित गरेको छ।

जितसँगै लिभरपुलले शीर्ष स्थानमा १३ अंकको स्पष्ट अग्रता लिएको छ।

तथापी लिभरपुलले अझै एक खेल कम खेलेको छ। लिभरपुलको ५८ अंक जोडिसकेको छ भने दोस्रो स्थानमा रहेको लेस्टर सिटीसँग ४५ अंक छ।

साविक विजेता म्यानचेस्टर सिटी ४४ अंकका साथ तेस्रो स्थानमा छ।

सालाहले चौथो मिनेटमा गरेको गोलमा लिभरपुलले अग्रता लिएको थियो।

सालाहले एन्ड्रयू रोबर्टसनको पासमा अग्रता लिएका थिए।

घरेलु मैदान एनफिल्डमा सडियो मानेले ६४औं मिनेटमा अग्रता दोब्बर बनाए।

यो जितसँगै लिभरपुलका प्रशिक्षक योर्गान क्लोप पछिल्लो १२ महीना अपराजित छन्।

प्रतिक्रिया दिनुहोस्