क्यारेबियन प्रिमियर लिगमा सन्दीपले ट्रीनबागोबाट खेल्ने एजेन्सी। नेपाली राष्ट्रिय टोलीका स्पिनर सन्दीप लामिछानेले क्यारेबियन प्रिमियर लिग (सीपीएल)ट्वान्टी–२० क्रिकेट ट्रीनबागो नाइट राइडर्सबाट खेल्ने भएका छन्। सीपीएलले मंगलबार सन्दीपले ट्रीनबागोबाट खेल्ने जनाएको हो। सन्दीपले यसअघि सीपीएलका तीन सिजन खेलिसकेका छन्। पहिलोपटक बार्बाडोस ट्राइडेन्ट्सबाट खेलेका सन्दिपले त्यसपछि सेन्ट किट्स एण्ड नेभिस प्याट्रीओट्स र गत सिजन जमैका तलावाजबाट सीपीएल खेलेका थिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्