मैत्रीपुर्ण खेलका लागि इराक जाने सबैको कोरोना रिपोर्ट नेगेटिभ काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा) ले मैत्रीपुर्ण खेलका लागि इराक जाने नेपाली राष्ट्रिय फुटबल टिमका सबै खेलाडी, प्रशिक्षक र पदाधिकारीहरुको कोरोना रिपोर्ट नेगेटिभ आएको जनाएको छ। नेपाली टोलीको सोमबार बिहान कोरोना परीक्षण गरिएको थियो। टोलीमा रहेका खेलाडी, प्रशिक्षक र पदाधिकारीहरु गरी ३५ सदस्यकै कोरोना रिपोर्ट नेगेटिभ आएको एन्फाले उल्लेख गरेको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्