युभेन्टस शीर्ष चारमा रहन सफल एजेन्सी। अल्भारो मोराटाको दुई गोलप्रेरित युभेन्टसले गएराति बोलोग्नालाई ४–१ ले हराउँदै शीर्ष चारमा रहेर इटालियन सिरी ‘ए’ को अन्त्य गरेको छ। शीर्ष चारको प्रतिस्पर्धामा रहेको नेपोली हेलास भेरोनासँग १–१ को बराबरीमा रोकिएपछि युभेन्टसले च्याम्पियन्स लिगमा स्थान पक्का गरेको हो। युभेन्टसको ७८ अंक छ भने पाँचौं स्थानमा झरेको नेपोलीको ७७ अंक छ। युभेन्टस ९ वर्षपछि उपाधिबिहीन बनेको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्