काठमाडौं। आशिष लामाको गोलमा सशत्र प्रहरी बल (एपिएफ)ले आज शहीद स्मारक ‘ए’ डिभिजन लिगको जारी सिजनमा पहिलो जित हात पारेको छ। एपिएफले सरस्वती युथ क्लबलाई २–१ ले पराजित गरेको हो।
चौथो चरणको खेल सकिँदासम्म एपिएफले पहिलो जित निकाल्दा सरस्वतीको हारको शृंखला थप लम्बिएको छ। सरस्वतीले अहिलेसम्म जित निकाल्न सकेको छैन। एपिएफले भने यसअघि एक बराबरी खेलेको थियो भने दुई खेलमा पराजित भएको थियो।
आशिष लामाले गरेको गोलमा एपिएफले १८औं मिनेटमा अग्रता लिएको थियो। प्रविणकुमार स्याङतानले पेनाल्टी क्षेत्रको बायाँ भागबाट हानेको प्रहार सरस्वतीको गोलकिपर प्रदीप भण्डारीले रोकेका थिए। तर, उनले राम्रोसँग नियन्त्रणमा राख्न नसक्दा रिबाउन्डमा प्राप्त बललाई प्रविणकुमारले आशिषलाई पास दिए। गोलकिपर प्रदीप विट भइसकेको अवस्थामा आशिषले सहजै गोल गरे।
इन्जुरी समयमा कप्तान नविन लामाको पासमा आशिषले अर्को गोल थप्दै एपिएफको जित पक्का गरे। लत्तगै सरस्वतीका विनोद केसीले गोल फर्काए। विनोदको गोल सरस्वतीका लागि सान्त्वना बन्यो। जारी सिजनमा विनोदले गरेको गोल सरस्वतीको पहिलो गोल हो। एपिएफविरुद्ध पहिलो गोल गरेको सरस्वतीले लिगमा चार खेल सकिँदा ९ गोल खाइसकेको छ।
दशरथ रंगशालामा नेपाल भ्रमण वर्ष २०२० उद्घाटन समारोह गर्ने भएका कारण अखिल नेपाल फुटबल संघ (एन्फा) ले चौथो चरणका सबै खेल सातदोबाटोस्थित आफ्नै मैदानमा खेलाएको थियो। चौथो चरणको खेल सकिँदा मनाङ मर्स्याङदी १० अंकका साथ शीर्ष स्थानमा कायमै छ भने समान नौं अंक जोडेका मछिन्द्र र त्रिभुवन आर्मी क्लब क्रमशः दोस्रो र तेस्रो स्थानमा छन्।