खेलकुद पत्रकार मञ्चलाई खेलकुद महासंघको स्वास्थ सामाग्री सहयोग काठमाडौं। नेपाल खेलकुद महासंघले आज नेपाल खेलकुद पत्रकार मञ्चलाई स्वास्थ्य सामाग्री प्रदान गरेको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)परिसरमा एक कार्यक्रमबीच महासंघका वरिष्ठ उपाध्यक्ष पर्शुराम बस्नेत नेतृत्वको टोलीले मञ्चका अध्यक्ष दुर्गानाथ सुबेदीलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका हुन्। महासंघले 'कोभिड-नो भिड' अभियानअन्तर्गत फ्रन्टलाइनरको रुपमा अग्रपङ्तीमा खटिने खेलकुद पत्रकारलाई मास्क, सेनिटाइजर, ग्लोभसलगायतका सामाग्री हस्तान्तरण गरेको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्