पीएसएल टिम लाहोरद्वारा सन्दिप रिलिज काठमाडौं। पाकिस्तान सुपर लिग (पीएसएल)को टिम लाहोर क्वालन्डर्सले शनिबार नेपाली लेग स्पिनर सन्दीप लामिछानेलाई रिलिज गरेको छ। लाहोरले सन्दीपलाई रिलिज गर्दै पुनःराशिद खानलाई टिममा बोलाएको हो।कोरोना महामारीका कारण प्रतियोगिता स्थगित हुनु अघि लाहोरले राशिदकै स्थानमा सन्दिपलाई अनुबन्ध गरेको थियो। कोरोनाका कारण प्रतियोगिता स्थगित भएपछि कराँची पुगेका सन्दिप एक खेल नखेली घर फर्किएका थिए।पीएसएलको बाँकी २० खेलहरु युएईको आबुधाबीमा हुँदैछ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्