गउफलाई क्ले कोर्टमा पहिलो उपाधि एजेन्सी। अमेरिकाकी कोको गउफले गएराति वाङ चिएङलाई ६–१, ६–३ को सेटमा हराउँदै एमिलिया–रोमानिया ओपनको उपाधि जितेकी छन्। १७ वर्षे गउफको करियरमा दोस्रो र क्ले कोर्टमा पहिलो उपाधि हो। उनले क्याटी म्याक्नेलीसँग मिलेर युगलमा पनि उपाधि जितिन्। एकल र युगल दुबैमा उपाधि जित्ने उनी सबभन्दा कान्छी खेलाडी बनिन्। यसअघि मारिया सारापोभाले २००४ मा बर्मिङघममा दोहोरो उपाधि जितेकी थिइन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्