हजार्डले ला लिगाको अन्तिम खेल गुमाउने एजेन्सी। स्पेनिस क्लब रियल मड्रिडका स्ट्राइकर इडेन हाजार्डले सिजनको अन्तिम लिग खेल गुमाउने भएका छन्। चोटका कारण रियलले हाजार्डलाई ला लिगाको यस सिजनको अन्तिम खेल मैदान नउतार्ने भएको हो। रियलले सिजनको अन्तिम खेलमा आज भिल्लारियलसँग खेल्दैछ। नेपाली समयअनुसार राती ९:४५ बजे हुने भिल्लारियलसँगको खेलमा रियलले टिममा हाजार्डलाई राखेको छैन। लिगमा ८१ अंक जोडेको रियल तालिकाको दोस्रो स्थानमा छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्