अर्जेन्टिनामा सम्पूर्ण फुटबल गतिविधि स्थगित एजेन्सी। कोरोना संक्रमण बढेका कारण अर्जेन्टिनामा फुटबलका सम्पूर्ण गतिविधि नौ दिनका लागि स्थगित भएका छन्। अर्जेन्टिजामा अहिले दैनिक ३५ हजार नयाँ कोरोना संक्रमित फेला परेका छन्। अर्जेन्टिना फुटबल संघले कोपा अमेरिका सुरु हुन तीन साता बाँकी हुँदा यस्तो निर्णय गरेको हो। आयोजक राष्ट्रको यस्तो निर्णयले दक्षिण अमेरिकी फुटबल महासंघलाई गम्भीर धक्का लागेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्