काठमाडौं। शहीद स्मारक 'ए' डिभिजन लिग अन्तर्गत आज भएको दोस्रो खेलमा त्रिभुवन आर्मी क्लब विजयी भएको छ। आर्मीले थ्रीस्टारलाई २-० ले पराजित गर्यो। आर्मीका लागि ५४ औं मिनेटमा नवयुग श्रेष्ठले र ७९ औं मिनेटमा सन्तोष तामाङले गोल गरेका थिए। यो जितसँगै आर्मी तेस्रो स्थानमा उक्लिएको छ। आर्मी समान ९ अंक जोडेको मछिन्द्र दोस्रो स्थानमा छ।
यसअघि भएको खेलमा नेपाल पुलिस क्लब विजयी भएको थियो। पुलिस संकटाविरुद्ध २-१ गोलले विजयी भएको हो। जारी लिगमा चार खेल खेलेको पुलिसको यो दोस्रो जित हो।
पुलिसले पहिलो हाफको १५औं मिनेटमा संकटाबाट एक गोल उपहार पाएको थियो। संकटाका अमित तामाङले बल क्लियर गर्ने क्रममा भएको आत्मघाती गोलबाट पुलिसले अग्रता बनाएको थियो।
उपहारमा गोल पाएको पुलिसको अग्रता ३ मिनेटभन्दा बढी टिकेन। अमितले नै १८औं मिनेटमा संकटाका लागि गोल गरेर खेल बराबरीमा पुर्याका थिए। तर, ३३ औं मिनेटमा सुमन लामाले गरेको गोलले पुलिसलाई जित दिलायो।
पुलिस कूल ७ अंक जोड्दै लिगको पाँचौ स्थानमा उक्लिएको छ। ४ अंक रहेको संकटा १०औं स्थानमा छ।
" /> काठमाडौं। शहीद स्मारक 'ए' डिभिजन लिग अन्तर्गत आज भएको दोस्रो खेलमा त्रिभुवन आर्मी क्लब विजयी भएको छ। आर्मीले थ्रीस्टारलाई २-० ले पराजित गर्यो। आर्मीका लागि ५४ औं मिनेटमा नवयुग श्रेष्ठले र ७९ औं मिनेटमा सन्तोष तामाङले गोल गरेका थिए। यो जितसँगै आर्मी तेस्रो स्थानमा उक्लिएको छ। आर्मी समान ९ अंक जोडेको मछिन्द्र दोस्रो स्थानमा छ।

">