कोपा अमेरिकाको सह-आयोजकबाट कोलम्बिया बाहिरियो एजेन्सी। दक्षिण अमेरिकी फुटबल प्रतियोगिता कोपा अमेरिकाको सह-आयोजक रहेको कोलम्बियाले प्रतियोगिताको सह-आयोजकबाट नाम फिर्ता लिएको छ। सरकारविरुद्धको चर्किएको आन्दोलनका कारण कोलम्बियाले प्रतियोगिताको सह-आयोजकबाट नाम फिर्ता लिएको हो। अर्जेन्टिना र कोलम्बिया दुई देशले प्रतियोगिता आयोजना गर्ने तालिका रहेको थियो। अब कोपा अमेरिका आयोजनाको सम्पूर्ण जिम्मेवारी अर्जेन्टिनाले पाएको छ। प्रतियोगिता जुन १३ देखि सुरु भई जुलाई १० सकिनेछ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्