पाकिस्तान सुपर लिगको बाँकी खेल युएईमा हुने एजेन्सी। पाकिस्तान सुपर लिग (पीएसएल) टी-२० क्रिकेट प्रतियोगिताको बाँकी खेलहरु युएईमा आयोजना गर्नका लागि अनुमति मिलेको छ। क्रिकइन्फोकाअनुसार पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) को प्रस्तावपछि युएईको आबुधाबी सरकारले पीएसएल गर्न अनुमति दिएको हो। क्रिकइन्फोकाअनुसार प्रतियोगिता सामेल हुन अनिवार्य खोप लगाउनु पर्ने बताइएको छ। पीएसएलमा अब २० खेलहरु बाँकी रहेका छन्। यसअघि कोरोनाका कारण पिएसएल मार्च ४ मा स्थगित गरिएको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्