म्यारोडोनाको निधनमा स्वास्थ्यकर्मी दोषी एजेन्सी। अर्जेन्टिनाका महान फुटबलर डिएगो म्यारोडोनाको निधनमा ७ जना स्वास्थ्यकर्मी दोषी पाइएको स्पेनीस पत्रिका मार्काले जनाएको छ। दोषी पाइएका स्वास्थ्यकर्मीहरु म्यारोडोनाको निधन अघि उनको स्वास्थ्य सहयोगीको रुपमा रहेका थिए। म्यारोडोनाको निधनमा दोषी देखिएपछि उनीहरुमाथि मुद्दा चलाइने भएको छ। अदालतले दोषी ठहर गरेका उनीहरुले ८ देखि २५ वर्षसम्म जेल सजाय भोग्नुपर्ने छ। म्यारोडोनाको गत नोभेम्बरमा ६० वर्षको उमेरमा निधन भएको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्