संकटाको 'उपहार' गोलमा पुलिसको जित

काठमाडौं। शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत आज भएको पहिलो खेलमा नेपाल पुलिस क्लब विजयी भएको छ। संकटालाई २-१ गोलले हराउँदै पुलिसले जित हासिल गरेको हो।

जितसँगै पुलिस कूल ७ अंक जोड्दै लिगको पाँचौ स्थानमा उक्लिएको छ। ४ अंक रहेको संकटा दशौं स्थानमा छ। जारी लिगमा चार खेल खेलेको पुलिसको यो दोस्रो जित हो।

पुलिसले पहिलो हाफको १५औं मिनेटमा संकटाबाट एक गोल उपहार पाएको थियो। संकटाका अमित तामाङले बल क्लियर गर्ने क्रममा भएको आत्मघाती गोलबाट पुलिसले अग्रता बनाएको थियो।

उपहारमा गोल पाएको पुलिसको अग्रता ३ मिनेटभन्दा बढी टिकेन। अमितले नै १८औं मिनेटमा संकटाका लागि गोल गरेर खेल बराबरीमा पुर्‍याए। ३३ औं मिनेटमा सुमन लामाले गरेको गोलले नै पुलिसलाई जित दिलायो।

प्रतिक्रिया दिनुहोस्