जर्मनीका पूर्व मिडफिल्डर खेडिराले लिए सन्यास एजेन्सी। जर्मनीका पूर्व मिडफिल्डर सामी खेडिराले खेलाडी जीवनबाट सन्यास लिएका छन्। पछिल्लो समय चोटबाट ग्रसित खेडिराले जारी सिजनको अन्त्यसँगै सन्यासको घोषणा गरेका हुन्। ‘‘१५ वर्ष लामो व्यवसायिक फुटबल करियरलाई पूर्णविराम लगाउँदैछु’’, खेडिराले भने। ३४ वर्षे खेडिरा जनवरीमा युभेन्टसबाट हेर्था बर्लिनसँग अनुबन्धित भएका थिए। रियाल मड्रिडका पूर्वमिडफिल्डर खेडिराले जर्मनीबाट ७७ खेल खेले। उनी २०१४ मा जर्मनीले विश्वकप जित्दा टोलीका सदस्य थिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्