कैलाली। ब्याडमिन्टनका प्रिन्स दाहाल र क्रिकेटकी कविता कुँवर सुदूरपश्चिममा वर्षको उत्कृष्ट खेलाडी घोषित भएका छन्। पहिलो पटक आयोजना भएको कैलाली अस्पताल सुदूरपश्चिम स्पोर्टस् अवार्ड कार्यक्रममा उनीहरूलाई वर्षका उत्कृष्ट खेलाडी घोषणा गरिएको हो।
खेलकुद पत्रका मञ्च कैलालीले आयोजना गरेको अवार्ड अन्तरगत वर्ष उत्कृष्ट पुरुष खेलाडीमा क्रिकेटका खड्ग बोहरा र भारात्तोलनका सागर भण्डारी पनि मनोनयनमा परेकोमा ब्याडमिन्टनका दाहाल उत्कृट घोषित भएका हुन्।
उनले दुबई जुनियर ईन्टरनेस्नल सिरिजको यू–१५ उमेर समूहमा स्वर्ण पदक जितेका थिए भने उमेर समूहमा नेपाली ब्याडमिन्टनलाई अन्तर्राष्ट्रिय प्रतियोगितामा स्वर्ण दिलाउने पहिलो खेलाडी बनेका थिए।प्रेसिडेन्टस कप जुनियर इन्टरनेस्नल ब्याडमिन्टन च्याम्पियनसिपमा यू–१५ र यू–१९ मा पनि दाहालले स्वर्ण पदक जितेका थिए।
साउथ एशियन रिजनल च्याम्पियनसिपमा यू–२१ तर्फ मेन्स डबल्समा रजत पदक जितेका उनले अन्नपूर्ण इन्टरनेसनल ब्याडमिन्टनमा यू–१९ मा स्वर्ण र मेन्स सिंगल्समा पनि रजत पदक जितेका थिए। जेस्ट ओपन राष्ट्रिय ब्याडमिन्टनमा यू–१५ मा स्वर्ण र मेन्स सिंगल्समा कांस्य जितेका दाहाल आठौं पुष्पलाल स्मृति राष्ट्रिय ब्याडमिन्टन यू–१७ मा स्वर्ण जित्न सफल भएका थिए। आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा उनले कास्य पदक जितेका थिए।
वर्षको उत्कृष्ट महिला खेलाडी बन्न सफल कविता कुँवरले भने गत जनवरीमा थाइल्याण्डमा भएको टी–२० स्म्यासमा पाँच खेलमा दुई विकेट लिन सफल भएकी थिइन्। उनी नेपालका लागि ११ ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेलममा नौ विकेट लिन सफल भएकी थिइन्। प्रधानमन्त्री कपमा सुदूरपश्चिम प्रदेशलाई फाइनल पुर्याउने क्रममा उनको उत्कृष्ट प्रदर्शन रहेको थियो। उनी प्रथम मुख्यमन्त्री कप अन्तर प्रदेशस्तरीय खेलकुद प्रतियोगिता अन्तर्गतको महिला क्रिकेटमा सुदूरपश्चिम प्रदेशलाई च्याम्पीयन बनाउने क्रममा ‘प्लेयर अफ दी सिरिज’ नै बनेकी थिइन्।
वर्षको उत्कृष्ट युवा खेलाडी भने भारात्तोलनका सागर भण्डारी भएका छन्। सुदूरपश्चिम प्रदेशलाई भारात्तोलनमा २२ वर्षपछि स्वर्ण पदक जिताउने खेलाडी रहेका उनी वर्षको उत्कृष्ट युवा खेलाडीबाट पुरस्कृत भएका हुन्। उनले गत वर्ष खेलेको खेलमा आफ्नै प्रशिक्षक जीवन गौतमले दिलाएको स्वर्ण पदकको खडेरी तोड्न सफल भएका थिए। उनले सुनिललाल मेमोरियल कपमा भारात्तोलन प्रतियोगितामा स्वर्णमाथि कब्जा गरेका थिए। जुनियर तौल समूहमा एशियन गेममा समेत उनी सहभागी भएका थिए।
वर्षको उत्कृष्ट प्रशिक्षक भने भारात्तोलनका जीवन गौतम भएका छन्। कोरियामा भएको एशियन सिनियर कप भारात्तोलन प्रतियोगितामा प्रशिक्षक भएर नेपाललाई एक रजत र दुई कांस्य पदक जिताउन सफल गौतमलाई उत्कृष्ट प्रशिक्षक घोषणा गरिएको हो।
यस्तै स्पेशल अवार्ड भने कैलाली जिल्ला खेलकुद विकास समितिका निवर्तमान अध्यक्ष दिपक सिंहलाई प्रदान गरिएको छ। आफ्नो तीन वर्षे कार्यकालमा खेलकुदको विकासमा महत्वपूर्ण योगदान दिएको भन्दै उनलाई स्पेशल अवार्डबाट सम्मान गरिएको हो।
लाईफटाईम एचिभमेन्ट अवार्ड भने सुदूरपश्चिमको खेल जगतका हस्ती श्यामसुन्दर शर्मालाई प्रदान गरिएको छ। उनलाई क्रिकेट र फुटबलमा लामो समयसम्म योगदान दिएबापत लाईफलाईम एचिभमेन्ट अवार्डबाट सम्मान गरिएको हो। अवार्ड विजेता खेलाडीलाई नगद र ट्रफीसहित प्रदान गरिएको छ। अवार्डका संयोजक प्रदिप पाठकले चार विधाका खेलाडीलाई नगद २५ हजार रूपैयाँ र लाईफटाईम र स्पेशस अवार्ड विजेतालाई १० हजार रूपैयाँ नगदसहित सम्मान गरिएको बताए।
कैलाली हस्पिटल मुख्य प्रायोजक रहेको स्पोर्टस् अवार्डमा सह–प्रायोजकमा शौभाग्यश्वर फार्मेसी विशेष अटोमोबाइल्स, सीपी हस्पिटल र नवजीवन हस्पिटल रहेका थिए। त्यसैगरी अवार्डमा वर्ष पुरुष खेलाडीलाई शारदा राईस मिल, वर्ष महिला खेलाडीलाई निसर्ग हस्पिटल, वर्ष प्रशिक्षकलाई दिनेश सोप, वर्ष युवा खेलाडीलाई केटीएम बाइक, स्पेशल अवार्डलाई माया मेट्रो हस्पिटल र लाईफटाईम एचिभमेन्ट अवार्डलाई ठाकुर ग्रुपले प्रायोजन गरेका थिए।
" /> कैलाली। ब्याडमिन्टनका प्रिन्स दाहाल र क्रिकेटकी कविता कुँवर सुदूरपश्चिममा वर्षको उत्कृष्ट खेलाडी घोषित भएका छन्। पहिलो पटक आयोजना भएको कैलाली अस्पताल सुदूरपश्चिम स्पोर्टस् अवार्ड कार्यक्रममा उनीहरूलाई वर्षका उत्कृष्ट खेलाडी घोषणा गरिएको हो।खेलकुद पत्रका मञ्च कैलालीले आयोजना गरेको अवार्ड अन्तरगत वर्ष उत्कृष्ट पुरुष खेलाडीमा क्रिकेटका खड्ग बोहरा र भारात्तोलनका सागर भण्डारी पनि मनोनयनमा परेकोमा ब्याडमिन्टनका दाहाल उत्कृट घोषित भएका हुन्।

">