इङ्ल्यान्ड र अस्ट्रेलियाविरुद्ध भारतको टेष्ट फिक्सिङ होइन : आईसीसी एजेन्सी। आईसीसीले भारतले २०१६ मा इङ्ल्यान्डविरुद्ध र २०१७ मा अस्ट्रेलियाविरुद्ध खेलेको टेष्ट फिक्सिङ नभएको स्पष्ट पारेको छ। अल जजिराले २०१८ मा सार्वजनिक गरेको ‘क्रिकेटको म्याच फिक्सर्स’ नामक डकुमेन्ट्रीमा भारतले इङ्ल्यान्डविरुद्ध चेन्नईमा र अस्ट्रेलियाविरुद्ध राँचीमा खेलेको टेष्टमा फिक्सिङ भएको दाबी गरिएको थियो। उक्त आरोपको अनुसन्धानका लागि आईसीसीले चार जना स्वतन्त्र विशेषज्ञलाई खटाएको थियो। चारै जनाले फिक्सिङ नभएको निष्कर्ष निकालेका हुन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्