काठमाडौं। जावलाखेल युथ क्लबले आज च्यासल युथ क्लबलाई २-० ले हराउँदै शहीद स्मारक 'ए' डिभिजन लिगको तेस्रो स्थानमा उक्लिएको छ।
सातदोबाटोस्थित एन्फा मुख्यालयको मैदानमा जावलाखेललाई जिताउन रूपबहादुर लामा र विजय घलानले एक-एक गोल गरे ।
८०औं मिनेटमा रुपबहादुरले गोल गर्दै जावलाखेललाई अग्रता दिलाए। विजयको पासमा रूपबहादुरले हानेको लामो प्रहार गोलमा परिणत भयो। त्यसको दुई मिनेट बित्न नपाउदै विजय आफैले गोल गर्दै जावलाखेललाई २-० को जित दिलाए । बिजयले च्यासलका गोलकिपर एलेन न्यौपानेले बचाएको रिबाउन्डमा गोल गरेका थिए।
जितसँगै जावलाखेल युथ क्लब लिगको तेस्रो स्थानमा उक्लिएको छ। जावलाखेलको ८ अंक भएको छ। शीर्ष स्थानमा रहेको मनाङ मर्स्याङ्दी क्लबको १० अंक छ भने मछिन्द्र ९ अंकका साथ दोस्रो स्थानमा छ। च्यासल ४ खेलमा ४ अंक जोडेर आठौं स्थानमा रहेको छ ।
एक सय गोलको संघारमा रहेका च्यासलका कप्तान तथा फरवार्ड सन्तोष साहुखल आज पनि गोल गर्न असफल भए ।
" /> काठमाडौं। जावलाखेल युथ क्लबले आज च्यासल युथ क्लबलाई २-० ले हराउँदै शहीद स्मारक 'ए' डिभिजन लिगको तेस्रो स्थानमा उक्लिएको छ।सातदोबाटोस्थित एन्फा मुख्यालयको मैदानमा जावलाखेललाई जिताउन रूपबहादुर लामा र विजय घलानले एक-एक गोल गरे ।

">