कोरोनाविरूद्ध लड्न सन्दीपले गरे ३ लाख सहयोग काठमाडौं।नेपाली राष्ट्रिय क्रिकेट टिमका सदस्य सन्दीप लामिछानेले कोरोनाविरुद्ध लड्न ३ लाख सहयोग गरेका छन्। सन्दीपले कोरोनाविरुद्ध लड्न 'टिम सन्दीप लामिछाने' अभियानको घोषणा गर्दै उक्त रकम सहयोग गरेका हुन्।आर्थिक सहयोग संकलनका लागि बैंक खातासमेत खोलेका सन्दीपले 'टिम सन्दीप लामिछाने' अभियानबाट आर्थिक संकलन गरी उठेको रकम स्थानीय निकाय तथा प्रशासन कार्यालयको रोहबरमा अतिप्रभावित क्षेत्र,स्थानीय निकायमा प्राथमिकताको आधारमा वितरण गरिने जनाएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्