स्टेगेनले युरोकप गुमाउने एजेन्सी। घुडाको चोटको शल्यक्रिया गर्ने भएपछि जर्मनी तथा बार्सिलोनाका गोलकिपर टेर स्टेगेनले युरोकप फुटबल गुमाउने भएका छन्। स्टेगेनले सामाजिक सञ्जाल इन्स्टाग्रामबाट चोटका कारण आफूले युरो गुमाउने बताउँदै प्रतियोगिता गुमाउनु पर्दा आफूलाई दुःख लागेको समेत बताएका छन्। युरोकप फुटबल जुन ११ देखि जुलाई ११ सम्म युरोपका विभिन्न सहरमा आयोजना हुँदैछ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्