फ्रेन्च लिग वानको उपाधि होड रोमञ्चक एजेन्सी। फ्रेन्च लिग वानको उपाधि विजेता टुंगो लाग्न अन्तिम दिन कुर्नु पर्ने भएको छ। साविक विजेता पेरिस सेन्ट जर्मेन (पीएसजी) ले रिम्सलाई ४–० ले हराउँदै आफूलाई उपाधि होडमा उभ्याएको छ। पीएसजीको जितमा नेइमार, काइलियन एमबाप्पे, माक्विनोस, मोइज केनले गोल गरे। जितसँगै पीएसजीले शीर्ष स्थानको लिलीसँगको दुरी एक अंकमा छोट्याएको छ। पीएसजीले अन्तिम खेल ब्रेस्टविरुद्ध र लिलीले एन्जर्सविरुद्ध खेल्नेछ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्