काठमाडौं। शहीद स्मारक 'ए' डिभिजन लिग फुटबलको चौथो चरण अन्तर्गत आजको दोस्रो खेलमा फ्रेन्ड्स क्लबले मनाङ मर्स्याङदीलाई बराबरीमा रोकेको छ।
अंक तालिकामा पुछारबाट दोस्रोमा रहेको फ्रेन्ड्सले जारी लिगमा अपराजित टोली मनाङलाई १-१ को बराबरीमा रोकेको हो। पहिलो हाफको १२ औं मिनेटमा मनाङले रन्जन विष्टको गोलमार्फत् अग्रता बनाएको थियो। जगदीश श्रेष्ठको कर्नर किकलाई विष्टले गोल पोष्टको दिशा देखाएका थिए।
तुलनात्मकरुपमा कमजोर आँकिएको फ्रेन्ड्सका तर्फबाट उत्तम राईले बराबरी गोल फर्काए। फ्रेन्ड्सका लागि ६२ औं मिनेटमा उत्तम राईले गोल गरेका हुन्। मनाङका तीन जना खेलाडीले आज पहेंलो कार्ड पाए। मनाङका कोयरा लार्वा फ्लोरेस्ट, फेमी जोसुवा एडेउमी र उमेश राईले पहेंलो कार्ड पाएका हुन्। जितसँगै मनाङ १० अंकका साथ शीर्ष स्थानमा उक्लिएको छ। यसअघिका तीन खेलमा मनाङले सबै जितेको थियो।
यसअघिका तीन खेलमा हार ब्यहोरेको फ्रेन्ड्स १ अंक बटुल्दै १३ औं स्थानमा छ।
यसअघि आजै भएको पहिलो खेलमा मछिन्द्र क्लबले न्यूरोड टीम (एनआरटी)लाई १-०ले पराजित गरेको थियो। मछिन्द्रलाई शुरूवातदेखि नै गोलको अवसर नदिएको एनआरटी अन्तिम समयमा चुक्दा पराजित हुनुपरेको थियो। मछिन्द्रका लागि ९० औं मिनेटमा विदेशी खेलाडी सोमिडे ओलुवावुन्मी एडेल्जाले गरेको एकमात्र गोल नै निर्णायक बनिदियो। सुजल श्रेष्ठको क्रस बललाई कुनै गल्ति नगरी सोमिडेले हेडमार्फत पोस्टको जाली चुमाएका थिए।
" /> काठमाडौं। शहीद स्मारक 'ए' डिभिजन लिग फुटबलको चौथो चरण अन्तर्गत आजको दोस्रो खेलमा फ्रेन्ड्स क्लबले मनाङ मर्स्याङदीलाई बराबरीमा रोकेको छ।अंक तालिकामा पुछारबाट दोस्रोमा रहेको फ्रेन्ड्सले जारी लिगमा अपराजित टोली मनाङलाई १-१ को बराबरीमा रोकेको हो। पहिलो हाफको १२ औं मिनेटमा मनाङले रन्जन विष्टको गोलमार्फत् अग्रता बनाएको थियो। जगदीश श्रेष्ठको कर्नर किकलाई विष्टले गोल पोष्टको दिशा देखाएका थिए।

">