फुटबल टिमको बन्द प्रशिक्षणमा सबै खेलाडी उपस्थित काठमाडौं। राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षणका लागि सबै खेलाडी उपस्थित भएको अखिल नेपाल फुटबल संघले जनाएको छ। यसअघि बन्द्र प्रशिक्षण सुरु भए पनि नेपाल सुपर लिग चलिरहेका कारण सबै खेलाडी उपस्थित थिएनन्। मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुतैरीले ३२ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएका थिए। नेपालले इराकसँग जेठ १५ गते मैतीपूर्ण खेल खेल्नेछ। विश्वकप छनोटमा चाइनिज ताइपेई, जोर्डन र अस्ट्रेलियाविरुद्ध खेल्नेछ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्