नेपाल सुपर लिग : अञ्जन विष्ट बने उत्कृष्ट फरवार्ड काठमाडौं। ललितपुर सिटीका कप्तान अञ्जन विष्ट नेपाल सुपर लिगको उत्कृष्ट फरवार्ड घोषित भएका छन्। यससँगै उनले एक लाख रूपैयाँ पाएका छन्। अञ्जनले प्रतियोगितामा तीन गोल गरे। अञ्जनको कप्तानीमा रहेको ललितपुरले तेस्रो स्थानमा रहेर प्लेअफमा स्थान बनाएको थियो। इलिमिनेटरमा बुटवल लुम्बिनीलाई १-० ले पराजित गरेको ललितपुर दोस्रो क्वालिफायरमा काठमाडौं रेजर्ससँग ३-० ले पराजित भएको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्