नेपाल सुपर लिग : बालगोपाल महर्जन उत्कृष्ट प्रशिक्षक काठमाडौं। काठमाडौं रेजर्सका मुख्य प्रशिक्षक बालगोपाल महर्जन नेपाल सुपर लिगमा उत्कृष्ट प्रशिक्षक घोषित भएका छन्। महर्जनको प्रशिक्षणमा काठमाडौंले धनगढीलाई १-० ले हराउँदै नेपाल सुपर लिग पहिलो संस्करणको उपाधि जितेको थियो। प्रतियोगितामा खेलेको ९ मध्ये सात खेल जितेको थियो। काठमाडौं धनगढीसँग लिग चरणमा ३-० तथा पहिलो क्वालिफायरमा २-१ ले पराजित भएको थियो। महर्जनले एक लाख नगद पुरस्कार पाए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्