नेपाल सुपर लिगको उपाधि काठमाडौंलाई काठमाडौं। धनगढी एफसीलाई १-० ले हराउँदै काठमाडौं रजेर्सले नेपाल सुपर लिगको उपाधि जितेको छ। आज दशरथ रंगशालामा सम्पन्न फाइनलमा काठमाडौंलाई जिताउन २२औं मिनेटमा मेसुके ओलोमोले गरेको गोल निर्णायक बन्यो। यससँगै काठमाडौंले यसअघि दुई खेलमा हारेको बदला लिन सफल भएको छ। जितसँगै काठमाडौंले ३५ लाख रूपैयाँ नगद पुरस्कार जितेको छ। उपविजेता धनगढीले १५ लाख रूपैयाँ नगद पुरस्कार जित्यो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्