गण्डकी प्रदेश खेलकूद परिषद्को लोगो सार्वजनिक पोखरा। प्रदेश खेलकूद परिषद् गण्डकीले आफ्नो लोगो सार्वजनिकसँगै रणनीतिक कार्ययोजना तय गरेको छ।जुममार्फत आज सम्पन्न एक कार्यक्रममा प्रदेश खेलकूद परिषद्को लोगो सार्वजनिक र रणनीतिक कार्ययोजना तय गरेको हो। उक्त लोगो निर्माणका लागि प्रदेश खेलकूद परिषद्ले खगेन्द्र क्षेत्रीको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको थियो। प्रदेश खेलकूदका सदस्यसचिव तेजबहादुर गुरुङले भर्चुअल माध्यमद्वारा प्रदेशको लोगो र रणनीतिक कार्ययोजना सार्वजनिक गरेका थिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्