ला लिगा उपाधि होड : जित्नैपर्ने दबाबमा रियल मड्रिड एजेन्सी। स्पेनिस ला लिगामा आज रियल मड्रिड र ग्रानाडाबीच प्रतिस्पर्धा हुँदै छ। तेस्रो स्थानमा रहेको रियल मड्रिड उपाधि होडमा रहिरहन जित्नैपर्ने दबाबमा रहेको छ। यता ग्रानाडा भने लिगको दसौं स्थानमा छ। ग्रानाडाको घरेलु मैदानमा हुने खेल नेपाली समयअनुसार राति १ः४५ बजेदेखि सुरु हुँदै छ। शीर्ष स्थानमा रहेको एट्लेटिको मड्रिडभन्दा रियल पाँच र दोस्रो स्थानमा रहेको बार्सिलोनाभन्दा एक अंकले पछि छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्