फाइनल प्रवेशका लागि ललितपुर र काठमाडौं भिड्दै काठमाडौं। नेपाल सुपर लिगको फाइनलमा स्थान बनाउन आज काठमाडौं रेजर्स र ललितपुर सिटीबीच प्रतिस्पर्धा हुदैछ। काठमाडौं पहिलो क्वालिफायरमा धनगढी एफसीसँग पराजित भएको थियो। ललितपुरले भने इलिमिनेटरमा बुटवल लुम्बिनीलाई हराउँदै दोस्रो क्वालिफायरमा काठमाडौंसँगको भेट पक्का गरेको हो। समूह चरणको पहिलो खेलमा काठमाडौंले ललितपुरलाई १–० ले पराजित गरेको थियो। ललितपुरलाई आज उक्त हारको बदला लिने मौका छ। विजेताले फाइनलमा धनगढीविरुद्ध खेल्नेछ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्